TU Service Commission

Kirtipur, Kathmandu

Appointment of Chairman

Appointment of Chairman

2023-08-16

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा घनश्याम भट्टराई नियुक्त हुनुभएको छ ।

इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत प्रा.डा भट्टराईलाई मिति २०८०।०४।३० मा त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्रीले अध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त अध्यक्षले २०८०।०४।३१ मा कीर्तिपुर स्थिति त्रिवि सेवा आयोगको कार्यालयमा पदवहाली गर्नुभएको छ । हल्दीवारी गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल सुर्यविनायक नगरपालिका ४ भक्तपुरमा बसोवास गर्नुहुने नवनियुक्त अध्यक्ष त्रिवि इतिहास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख पनि हुुनुहुन्छ । महेन्द्र विद्याभुषण ‘क’, महेन्द्र विद्याभुषण ‘ख’ साथै शिक्षा पुरस्कार लगायतबाट विभुषित उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तरमा स्वर्ण पदक र त्रिविबाटै विद्यावारिधि समेत हासिल गर्नुभएको छ ।